नेपाल—जापान सम्बन्धलाई ओलीले नयाँ उचाइमा पुर्याउनुभयो : जापानी राजदूत

k"j{ k|wfgdGqL cf]nL–hfkfgL /fhb"t e]6 g]kfnsf nflu hfkfgL /fhb"t df;f;L cf]ufjf / g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nLaLr ;f]daf/ Pdfn] kf6L{ sfof{no w'daf/fxLdf e]6jftf{ . tl:a/ MPdfn] kf6L{ sfof{no , /f;;

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच भेटवार्ता भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा उहाँहरुबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

भेटवार्तामा जापानका राजदूत ओगावाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याएको बताउँदै कार्यकाल सफल भएकामा धन्यवाद दिनुभएको थियो ।

करिब आधा घन्टा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी गराउनुभयो ।
आइतबार एमाले अध्यक्ष ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच भेटवार्ता भएको थियो ।