घुस दिन खोज्दा नयाँ शक्ति नेपालका नेता शेर्पा पक्राउ

serpa

काठमाडौं । नयाँ शक्ति नेपालका नेता सोनाम छिरिङ शेर्पा डीएसपी र उप–सचिवलाई कफिसँगै दश लाख घुस दिन खोज्दा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शेर्पालाई पक्राउ गरेको हो । पार्टीका सचिवालय सदस्य पासाङ शेर्पा मानव तस्करी प्रकरणमा जाडिएको समाचार सार्वजनिक भए लगत्तै शेर्पा विवादमा मुछिएका हुन् । नयाँ शक्तिको औपचारिक घोषणापूर्व नयाँ शक्तिमा प्रवेश गरेका थिए ।