बढ्दो उमेरमा हरपल जवान बन्ने उपाय

काठमाडौ। हरेक मानिसको चाहना हरपल हरक्षण जवान देखिनु हो। जवान बनेर हिंड्नुको मज्जा नै बेग्लै हुन्छ। कतिले ओहो ! तपाई त पहिला जस्तै उस्तै पो हुनुहुंदो रहेछ भनेर प्रतिक्रिया दिदा मन आनन्द हुने गर्छ। यस्तो आनन्द प्राप्तिको लागि मनलाई स्थिर गर्नु पर्छ। जथाभावी शरीरलाई हानी हुने खानेकुरा खानु हुंदैन। अलिकति मात्र समयमा होश पुर्याउन सकेमा मात्र पनि हरपल जवान बन्न र बनाउन सकिन्छ। यो कुरा त आफूमा नै निर्भर रहने कुरा हो। बढ्दो उमेरमा जवानीलाई स्थिर राख्न निम्न कुरामा मात्र अलि सजक बन्न सकेमा मात्र पनि निक्कै लाभदायिक हुन्छ।

Young Women

चिनी  Sugar

Sugar

चिनी वा गुलियो पदार्थको अधिक सेवनले छालालाई कालेजन (छालालाई कसिलो राख्नमा मद्दत गर्ने तत्वमा क्षति पुग्छ । जसको प्रभाव छाला चाहुरिन थाल्छ । यसलाई कम गर्नका लागि चिनीको सट्टा गुलियो फलफूल खानु ठिक हुन्छ । जसको प्रभावस्वरुप लामो समय जवान रहन सकिन्छ ।

नुन  Salt

salt

नुन मानव शरीरका लागि आवश्यक तत्व नै हो । तर, यसको अधिक सेवन प्रत्यूत्पादक हुनसक्छ। यसमा रहेको सोडियम पफीले अनुहारलाई थकित बनाउँछ । यसले मानिसलाई छिट्टै बुढो बनाउन पनि भूमिका खेल्छ।

मसलादार खानेकुरा Spicy Foods

Masaledarधेरै मसलेदार खानेकुरा खानाले रक्तनलीहरुमा प्रतिक्रिया उत्पन्न हुन्छ । जसले छालामा रेडिशनेस बढाउँदछ। छालामा दाग बढ्छ, साजै जवानीमै बुढ्यौलीले छुन थाल्छ ।

 

 

कफी 

Coffeeकफी पिउनाले शरीरमा पानीको कमी हुन थाल्छ । यसको असर सबैभन्दा पहिला छालामा पर्दछ, जसले छालाको चमक उडेर जान्छ र थकित र बुढोपना देखिन्छ ।

रक्सी

Rakshi

रक्सीको सेवनले कलेजोमा टक्सिनको मात्रा बढ्दछ । साथै यसले अनुहार र छालामा चाउरीपना ल्याउँछ ।

 

 

प्रकाशन मिति–२०७३ साल भदौ १२ गते आइतवार ।