काइँला र निहारिकालाई पद्मश्री पुरस्कार

maitrinews

?????????????????????????????????????????????????????????

काठमाडौँ । खेमलाल—हरिकला लामिछाने प्रतिष्ठानले वि। सं। २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी वि। सं। २०७२ को पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिनुभयो । प्रतिष्ठानले वि। सं। २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कारबाट सम्मान गर्दै आएको छ ।
पुरस्कार र सम्मानवापत दुवैलाई अभिनन्दनसहित सम्मानपत्र र जनही दुई–दुई लाख रुपैयाँ प्रदान गरिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने भएको छ ।

भदौ १९ गते ।