नेपालमा पहिलो पटक मिस विश्वकर्मा २०१६ को आयोजना गरिदै

काठमाडौँ । ‘परिवर्तनको लागि हाम्रो आवाज’ भन्ने मूलनाराका नेपालमै पहिलो पटक ‘मिस विश्वकर्मा २०१६’ हुँदैछ ।
पुरातन सोचबिरुद्ध जातीयता पहिचानको लागि क्रियटिभ इनसाइट मिडिया प्रालिले यस प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जातीय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार,र आफुसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न पहिलो पटक आयोजना गर्न लागिएको यस प्रतियोगितामा बिश्वकर्मा भित्रका करिब १०६ थरहरुलाई लक्षित गरिएको छ । परिवर्तन मिडिया हाउसको व्यवस्थापन रहने यस सौन्दर्यप्रतियोगिताको मुख्य उदेश्य राजनीतिक र जातीय विभेदभन्दा माथि युवा हुनुपर्छ भन्ने रहेको छ।
मिस विश्वकर्मा ग्राण्डफिना भदौ ३१ आर्मी अफिस क्लब
टुडिखेलमा हुदैछ ।
भदौ २९ गते ।