महिला संघमा उमा रेग्मी

काठमाडौँ । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष चयन भएकी छिन् । शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा उनले जित हात पारेकी हुन् । रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उमेदवार हुन् ।
उनले नेता रामचन्द्र पौडेल पक्षधर उमेदवार मिना पाण्डेलाई पराजित गरिन् । रेग्मीले ९९८ मत ल्याउनुभयो भने पाण्डेले ७९७ मत ल्याउनुभयो । त्यस्तै महासचिवमा पनि संस्थापन प्यानलकी धना खतिवडा र कोषाध्यक्ष जानकी सिंहले जित हात पार्नुभयो ।
मतदानमा कूल १८१४ मत खसेको थियो । ५६ उमेदवारका लागि झन्डै डेढ सयको उमेदवारी परेको थियो ।
असोज २ गते ।