हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता, संविधान संशोधन गर्न चर्को दबाव,तीनवटा सामान्य सम्झौता,भ्रमण निराशाजनक

maitrinews

 

dahal_modi

नयाँ दिल्ली । संविधान संशोधन गरेर तराइ मधेसका मुद्दा सम्बोधन गर्न कडा दबाव दिएको भारतले प्रचण्डको यस पटकको भ्रमणमा नयाँ विषयमा सम्झौता गर्न चाहेन । हुलाकी मार्ग,भूकम्पपछिको पुननिर्माण र सहुलियत ऋणसम्बन्धी तीनवटा सामान्य सम्झौताबाहेक अरु भएन । प्रचण्डले गरेको अपेक्षा पूरा गर्न भारत इच्छुक नदेखिएकाले प्रचण्डको भारत भ्रमण अपेक्षा गरेजस्तो सफल भएन । भारतले विगतकका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने मौखिक जबाफमाात्र दियो । सन् १९५० को सन्धिका विषयमा पनि भारतले छलफल गर्न चाहेन । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्नुभएको थियो ।
वार्तामा वर्षैंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने, महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना, ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, हेटौँडामा विद्युत् सबस्टेसन स्थापना, गोरखपुर–भैरहवा प्रसारण लाइन
,बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने, विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय, नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण, ऊर्जा व्यापार सम्झौताको प्रोटोकल , गौरीफन्टा नाकाको स्तरोन्नत , कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना, दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल, , हुलाकी राजमार्गको दोस्रो चरण निर्माण, एकीकृत जाँच चौकीहरू निर्माण, नेपालको व्यापार घाटा कम गर्ने विषय र नेपाल प्रहरी एकेडेमी निर्माणको विषयमा छलफल भएको थियो ।
भारतीय पक्षले नयाँ संविधान निर्माणलाई उपलब्धीको रुपमा ब्याख्या गर्ने वर्तमान सरकारले मधेसी र थारु समुदायका माग सम्बोधन गर्न गरिएको प्रयासको प्रशंसा गर्ने र जति छिटो स‌ंविधान संशोधन गर्यो कार्यान्वयन त्यति नै सहज हुने दवावमूलक सन्देश दिएको छ ।
मोदी र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएपछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा दुर्इ देशका प्रतिनिधिमण्डलबीच संयुक्त छलफल भएको थियो। हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका उच्च अधिकारीहरूले विभिन्न समझदारी पत्रमा हस्ताक्षर गर्ने भएका छन्।

joint-meeting
त्यस्तै प्रधानमन्त्री प्रचण्ड र मोदीले संयुक्त पत्रकार सम्मेलनमा पत्रकारलाई सम्बोधन गर्नुभयो ।

गत वर्ष फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको भारत भ्रमणका क्रममा भारतसँग सातबुँदे सम्झौता भएको थियो । जस अनुसार नेपाल र भारतबीच नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने घोषणा गरेको २५ अर्ब रुपियाँ अनुदान र ७५ अर्ब सहुलियत ऋणको उपयोग, तराईमा सडक सञ्जालको विस्तार र संगीत तथा नाट्य प्रतिष्ठान क्षेत्रमा सहकार्य नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडार पारबहन सुविधा, विशाखापट्टनम बन्दरगाह उपयोग, विशाखापट्टनम सिंहबाद रेगमार्गको उपयोग गर्ने सम्बन्धी समझदारी थिए ।

oli