अखिल नेपाल फुटबल संघमा मतदाता विवाद चर्कियो

anfa
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्तिक ८ गते हुने चुनावमा मतदाता नामावलीमा भएको विवादले चरम रुप लिएको छ ।
विभिन्न चार जिल्ला र दुई क्लवका प्रतिनिधि विवादमा निर्वाचन समितिले कसैको दबाबमा निर्णय गरेको भन्दै चित्त नबुझेका जिल्ला र क्लवले पुनरावेदन गर्दैछन् ।
निर्वाचन समितिले प्रक्रियासमेत पूरा नगरी एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको दबाबमा निर्णय गरेको भन्दै असन्तुष्ट जिल्ला र क्लवका पदाधिकारीले आपत्तिसमेत जनाएका छन् ।

पर्सा, सिन्धुपाल्चोक, झापा, फ्रेन्डस् क्लव र मच्छिन्द्र क्लवले निर्वाचन समितिको एकलौटी निर्णयको विरोध गर्दै पुनरावेदन गर्न लागेका हुन् ।

असोज ६ गते ।