प्रहरीव्दारा अश्वेत युवकको हत्या गरिएपछि अमेरिकामा हिंसात्मक प्रदर्शन, चार्लोटमा संकटकालको घोषण

अमेरिका । उत्तरी क्यारोलिनाका गर्भनर प्याट म्याकक्रोरीले चार्लोटमा संकटकालको घोषणा गर्नुभएको छ । प्रहरीले एक अश्वेतलाई गोली हानेको विरोध स्थानीयवासीहरु हिंसामा उत्रिएपछि थप हिंसा हुन नदिन संकटकालको घोषणा गरिएको हो ।
अश्वेत किथ ल्यामोन्ट स्कटलाई मंगलबार पुलिसले गोली हानेको विरोध मानिसहरु सडकमा उत्रिएका थिए ।पुलिसले विरोधमा उत्रिएकालाई नियन्त्रण गर्नका लागि अश्रुग्यासको प्रयोग गरेको छ ।
स्कटको हातमा भएको बन्दुकलाई बारम्बार भुईंमा राख्नको लागि गरेको आग्रहलाई अस्वीकार गर्दा उनलाई बाध्यताबस गोली हान्नुपरेको पुलिसले बताएको छ भने उनको परिवारले भने गोली हान्दा उनी पढिरहेको बताएको छ ।मंगलबार राती भड्किएको हिंसामा १६ जना पुलिस घाइते भएका छन् ।
प्रदर्शनकारीले झ्यालढोका फुटाउने, आगो लगाउने, पत्रकारलगायत अन्य नागरिकलाई समेत आक्रमण गरेपछि गर्भनर प्याट म्याकक्रोरीले संकटकालको घोषणा गर्नुभएको हो ।आन्दोलनको दोस्रो दिन शान्तीपूर्ण ढङ्गले गरिएत पनि उक्त प्रदर्शनमाथि गोली चलाइयो जसका कारण भीडका केही व्यक्ति घाइतेसमेत भए । तत्पश्चात आन्दोलनकारीले पुलिसकर्मीमाथि बोतल र फायरवर्क फ्याकें । उक्त भीडलाई नियन्त्रण गर्नका लागि पुलिसले टियर ग्यास हानेको थियो ।
असोज ६ गते ।