सन्तानको दीर्घायुका लागि जितिया पर्व

काठमाडौँ । जितिया पर्व मनाउने वर्तालु महिला आज बिहानदेखि निराहार उपवास सुरु गरेका छन् ।
वर्तालु महिलाले आज सखारै बिहानको समयमा अन्नजल ग्रहण गरेर वर्तको शुभारम्भ गरेका हुन् । यस विधिलाई ‘ओटगन’ भनिएको हो । ओटगन गरिएपछि निराहार वर्तको शुभारम्भ भएको मानिन्छ ।
त्यसपछि, आजै मध्याह्न वर्तालु महिला चोखो भएर विधिपूर्वक जिमूतवाहन देउताको पूजापाठ गरेका छन् । यस पर्वमा वर्तालु एक ठाउँमा भेला भएर जिमूतवाहन देउताको कथाश्रवण गर्छन् । आज बिहानदेखि सुरु भएको यो वर्त भोलि बिहान सम्पन्न हुनेछ ।
खासगरी मैथिल, भोजपुरी, थारु र राजवंशी समुदायकी माता आ–आफ्ना सन्तानको दीर्घायुको कामनाका लागि यो व्रत गर्दै आइरहेका छन् ।