एन्फालाई अन्तराष्ट्रिय खेलमा प्रतिवन्ध लगाउने सरकारको नियत गलतः अध्यक्ष ओली

काठमाडौँ, १६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ्य रहन खेलकुद आवश्यक हुने बताउनु भएको छ । नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले त्यसैले जीवनका लागि खेलकुद भनेको पनि प्रष्ट पार्नुभयो । शरीर र मस्तिष्कको तालमेलका लागि खेलकुद आवश्यक भएको उल्लेख गर्नुभयो ।

‘खेलकुदबाट सुरक्षित हुन सहयोग पुग्छ,’ओलीले भन्नुभयो, ‘महिलाहरुको खेल क्षेत्रको अभिरुचिलाई बढाउनुपर्छ । खेलकुदले देशको प्रतिष्ठा बढाएका छन् ।’

उहाँले खेलकुदका क्षेत्रबाट धनी देशका खेलाडीसँग प्रतिस्पर्धा गरेको उदाहरण दिदैँ त्यसले देशको प्रतिष्ठा बढाएको उल्लेख गर्नुभयो । उहाँले अघिकांश दुर्गम ठाउँलाई सुगम बनाएको स्मरण गराउँदै अझै केही भूगोललाई दुर्गमबाट सुगम बनाउनुपर्नेमा बाँकी नै रहेको उल्लेख गर्नुभयो । उहाँले खेलका लागि नेपालको भूगोलले साथ दिएको भन्दै हरेक खेलमा विश्वसँग प्रतिस्पर्धा गर्ने हुनुपर्नेमा जोड दिनुभयो । नेपालीको उचाई र स्टामिना बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

एन्फालाई अन्तराष्ट्रिय खेलमा प्रतिवन्ध लगाउने सरकारको नियत गलत भएको प्रष्ट पार्नुभयो । ‘एन्फा अहिले प्रतिवन्ध भयो । तर, देशलाई प्रतिवन्धबाट उन्मुक्त बनाएर विश्वमा प्रतिस्पर्धी भएर नेपालको प्रतिष्ठा उच्च राख्ने काममा नेपालका खेलाडी लाग्नुपर्छ । त्यसका लागि महासंघले भूमिका खेल्नुपर्छ ।’ उहाँले खेलाडीमा देशभक्ति हुनुपर्ने बताउनुभयो । देशको प्रतिष्ठाका लागि ज्यान फालेर खेलाडीले खेलेको स्मरण गराउँदै देश नै बरबाद भएको अवस्थामा खेलाडीले खेल्न नसक्ने बताउनुभयो ।

आफ्नो कार्यकालमा खेल क्षेत्रको विकासलाई अघि बढाउन भूमिका खेलेको दाबी गर्नुभयो । त्यो देख्न नसकेर तोडफोड, आगजनी गरेर सरकार ढाल्ने प्रयास गरेको भन्दै मुलुकलाई भयमुक्त नेपाल बनाउने अभियानमा अघि बढ्ने बताउनुभयो । ‘देश भन्दा ठूलो केही छैन,’ उहाँले भन्नुभयो