राष्ट्रपति भण्डारीबाट फेवाताल सरसफाइको शुभारम्भ

/fi6«kltåf/f ;/;kmfO z'ef/De /fi6«klt ljBfb]jL e08f/L kf]v/f pkdxfgu/kflnsfåf/f xNngrf]sdf laxLaf/ cfof]lht sfo{qmddf k]mjftfnaf6 hns'DeL emf/ lgsfn]/ k]mjftfn  ;/;kmfO cleofgsf]] z'ef/De ug'{x'Fb} . tl:a/ M xl/ jf:tf]nf, kf]v/f, /f;;
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले आज फेवाताल सरसफाइ अभियानको शुभारम्भ गर्नुभयो । उहाँले पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जलकुम्झीका कारण कुरुप बन्दै गएको मुलुककै महत्वपूर्ण सम्पदा फेवातालको संरक्षणका लागि ध्यानाकर्षण गराउनुभएको थियो । पोखरा उपमहानगरपालिकाको पहलमा विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रत्येक शुक्रबार फेवातालमा सरसफाइ कार्यक्रम गरिदै आएको छ ।