भारतीय राष्ट्रपति मुखर्जी कात्तिकमा नेपाल आउनुहुने

काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कात्तिक १७ देखि १९ सम्म नेपालको भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमण गर्न लाग्नु भएको हो
लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको उच्च स्रोतले जानकारी दिएको छ । यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।
असोज १७ गते