अभिनयका खेलाडी पवन जोशी अव डान्स डाइरेक्टर

काठमाडौ। नेपाली र नेपालभाषी चलचित्रका चर्चित अभिनेता पवन जोशी अभिनय यात्राको ४५ बर्षको दौडानमा यतिखेर दर्जनौ गीतका म्युजिक भिडियो निर्देशन गर्नमा अत्यन्त व्यस्त बनेका छन्।

पेशाले व्यावसायिका फोटोग्राफर समेत रहेका अभिनेता जोशीले यो बर्ष मात्र पनि आधा दर्जन गीतका म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्। पछिल्लो समय म्युजिक भिडियो निर्देशनका क्रममा कोरियोग्राफीको पनि तडकारो समस्या देखेपछि अभिनेता जोशी आफैले कोरियोग्राफी अर्थात नृत्य निर्देशन पनि गर्न थालेका छन्।

pawan-joshin-in-direction-2नेपालभाषाका डबली नाटकहरुमा ४५ बर्षअघि अभिनय गर्ने क्रममा नृत्य गर्न र गराउन माहिर मानेका अभिनेता जोशीले आफूभित्रको त्यो कलालाई लुकाएर राखेका थिए। यतिखेर म्युजिक भिडियोमा हुने बजेटको कमी तथा विविध कारणले कोरियोग्राफर राख्न समस्या पर्न थालेको छ। यसलेगर्दा कोरियोग्राफी गर्ने कार्य स्वयम् अभिनय गर्ने अभिनेता तथा अभिनेत्रीलाई नै जिम्मा दिन थालेको अवस्थामा निर्देशक जोशी आफैले कोरियोग्राफी गर्न थालेका छन्।

जमानाका नंबरी डान्सर मानिएका जोशीले कोरियोग्राफी गर्दा कलाकारहरुलाई प्यारपूर्वक प्रत्येक स्टेप संझाएर सिकाउने बेग्लै कलाले प्राय कलाकारहरु आकर्षित बन्ने गरेका छन्। शुटिङ्गमा जानुपूर्व नै गीतको बोलअनुसारको डान्स स्टेप आफैले सिकाउने र नजानेमा आफै नाचेर देखाउने अभूतपूर्व कला निर्देशक जोशीमा पाइएको छ।

pawan-joshin-in-direction-3