बेहाल बेनिशाको निर्देशन

benisha-hamal-3

हाल चर्चामा रहेकी केकी अधिकारी र बेनिशा हमालले एकै समयमा फिल्मी करिअर सुरु गरेका हुन्। चलचित्र स्वर दुवैको पहिलो चलचित्र हो। उक्त चलचित्र खासै सफल हुन सकेन। असफल भएतापनि त्यसबाट केकीलाई कुनै हानि भएन। उनै केकी नंवर वान नायिकाको दौडमा हाल पुगिसक्दा पनि बेनिशाको हालत भने बेहाल नै बनेको पाइएको छ । फिल्मी करिअर सुरु भएको पाँच बर्ष वितिसक्दा पनि बेनिशा नेपाली चलचित्रका दर्शकमाझ मार्केबल हुन सकेको पाइदैन । फिल्मलाइनबाट क्रमिक रुपमा बेनिशा आउट जस्तो बन्न थालेकी छन्।

keki-and-benisha-4

त्यसो त केकीसँग एकसाथ अभिनय गरेको चलचित्र स्वरपछि बेनिशाले कुनै फिल्म नै नपाएको भने होइन । ज्यान हाजिर छ, लक, महसुसजस्ता उनी अभिनित फिल्म रिलिज भए । तर, यी फिल्मले न निर्माताको गोजी भरे, न दर्शकको ताली पाए । बरू लगातारको असफलताले फ्लप हिरोइनको ट्याग बेनिशाले भिर्न बाँध्य बनेकी छन् । यद्यपि, हार नखाएकी बेनिशा लगातार नायिकामा असफल भएपनि चलचित्र निर्देशनमा लाग्ने अठोटकासाथ कम्मर कसेर लागिपरेकी छन्।

चलचित्र तथा म्युजिक भिडियो निर्देशक प्रविण श्रेष्ठको सहायक निर्देशक भएर केही म्युजिक भिडियोमा काम गरिसकेकी छन् । चाँडै नै निर्देशक श्रेष्ठको निर्देशनमा बन्ने चलचित्रमा मुख्य सहायक निर्देशक भएर बेनिशाले काम गर्ने तयारी गरिरहेकी छन् । नायिकामा असफल बनेतापनि निर्देशनमा कतै बेनिशाले सफलता पाउने हुन या होइनन् ? त्यो त भोलिका दिनमा नै थाहा हुने छ !

benisha-hamal

प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।