रेखा थापाको कसले चोर्यो मेरो मन फेरि
काठमाडौ। चलचित्र निर्माता छविराज ओझासंगको डिभोर्स पश्चात आफ्नै नामको प्रोडक्सन हाउसवाट चलचित्र निर्माण गर्न थालेकी नायिका रेखा थापाले अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेकी छन्। रेखाले निर्माण गर्ने भनिएको चलचित्र कसले चोर्यो मेरो मन फेरि रहेको छ। यसअघि चलचित्र रामप्यारी निर्माण गरिसकेकी रेखा थापा निर्माणको यो पछिल्लो चलचित्र हो।
‘कसले चोर्यो मेरो मन नाममा करिब ६ बर्ष पहिला फिल्म बनेर रिलिजमा आएको थियो । आफै निर्मात्री समेत रहेर छबिराज प्रोडक्शनको सहकार्यमा बनेको उक्त फिल्मको नाम नै सापटी लिँदै अन्तिममा ‘फेरी’ जोडेर रेखा फिल्मस्ले नयाँ प्रोजेक्ट घोषणा गरेको हो। फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्ने समेत तय भएको रेखाले बताइन्।
माघबाट फिल्म फ्लोरमा जाने र आउँदो दशैंमा रिलिज गर्ने समेत घोषणा गरिएको छ। जुन मितिमा युवा स्टार अनमोल केसीको फिल्म ‘कृ’ पनि रिलिज हुने यसअघि नै घोषणा गरिसकिएको छ।’कसले चोर्यो मेरो मन’ मा अभिनेता आर्यनसँग रेखाले स्कृन सेयर गरेको भए पनि यो पटक आर्यन दोहोरिने छैनन्। फिल्मको लिड हभिनेताको लागी नयाँ अनुहार आउने पक्का भएको छ। जसको लागी नयाँ अनुहारको खोजी भईरहेको समेत बताईएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ३ गते बुधवार ।