हिलारीको विदेशनीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको चेतावनी

trump

अमेरिका । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको सिरियाबारे विदेश नीति योजनाले तेस्रो विश्व युद्ध निम्तिनसक्ने बताउनुभएको छ ।
अमेरिकाले सिरियाका राष्ट्रपति बसर अल असदको सत्ता गिराउनभन्दा इस्लामिक स्टेटलाई परास्त गर्नपट्टि ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
क्लिन्टनले सिरियाको हवाई क्षेत्रमा उडान निषेधको प्रस्ताव गर्नुभएको छ ।
कतिपय विश्लेषकले त्यस्तो गरिए रुसी विमानहरुसंग टकराव बढ्ने बताएका छन्।
ट्रम्पले चेतावनी दिंदै सिरियामा अमेरिकाले सिरियामात्रै नभइ सिरिया, रुस र इरानसंग लडिरहेको बताउनुभयो ।

जनरल डनफर्डले सिरियाका आकाश नियन्त्रण गर्न सिरिया तथा रुससंग लड्नुपर्ने स्थिति रहेको बताउनुभयो ।
साथै, यदी क्लिन्टन निर्वाचित भए उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग कुराकानी गर्न नसक्ने समेत ट्रम्पले बताउनुभयो ।
आफैंले दुष्टको रुपमा चित्रण गरेको पुटिनसंग क्लिन्टनले कुन मुखले वार्ता गर्न सक्ने भनी उहाँले प्रश्न गर्नुभयो।
रुससंग सम्भावित टकरावबारे उहाँका यी पछिल्ला चेतावनी अमेरिकी सेनाका उच्च अधिकारीले हालै कंग्रेसमा भएको सुनुवाइका क्रममा व्यक्त गरेको चिन्तापश्चात आएका छन्।