इयूबाट बाहिरिने प्रक्रिया संसदमा लैजानुपर्ने बेलायतको उच्च अदालतको आदेश

brexit

बेलायत । ब्रिटेनले युरोपेली संघबाट बाहिरिने प्रक्रिया शुरु गर्नुअघि संसद्ले त्यस विषयमा मतदान गर्नुपर्ने लण्डनको उच्च अदालतले बताएको छ।
त्यसको अर्थ ब्रिटेनको सरकारले मात्रै युरोपेली संघबाट बाहिरिने औपचारिक प्रक्रिया थाल्न मिल्ने छैन।
जनमतसंग्रहको नतीजा र मन्त्रीहरुको अधिकारको प्रयोग गरेपछि सांसद्हरुले त्यसमाथि मतदान गर्नु नपर्ने प्रधानमन्त्री टरिजा मे को मत छ।
अभियानकर्ताहरुले त्यसलाई असंवैधानिक भनेका थिए।

सरकारले विशेषाधिकार प्रयोग गरेर संसद्लाई उपेक्षा गर्न नमिल्ने अभियानकर्ताहरुको तर्कलाई अदालतले समर्थन गरेको छ।
बीबीसीका राजनीतिक सहसम्पादकका अनुसार अदालतको त्यो निर्णयले सरकारका लागि खराब स्थिति श्रृजना गर्नेछ, किनकि माथिल्लो सदनको बहुमत ब्रिटेनको बहिर्गमनको विरुद्धमा छ।
सरकारले विशेषाधिकार प्रयोग गरेर संसद्लाई उपेक्षा गर्न नमिल्ने अभियानकर्ताहरुको तर्कलाई अदालतले समर्थन गरेको छ
अदालतको त्यो निर्णयविरुद्ध सरकारले अपील गर्नेछ र आगामी महिना अर्को सुनुवाइ हुने अनुमान गरिएको छ।