नेपाली नायिकाको अनलाइन फेसन डिजाइन व्यापार

काठमाडौ। नेपालकी चर्चित नायिका एवम् मोडल तथा डिजाइनर क्षितिजा शाक्य यतिखेर अनलाइन फेसन डिजानिङ्गमा निक्कै व्यस्त बनेकी छन्। दर्जनौ चलचित्र तथा विभिन्न विज्ञापनको मोडलिङ्गवाट अफर आइरहेतापनि त्यस कार्यमा नायिका शाक्यले समय दिन सकेकी छैनन्।
अनलाइन फेसन डिजाइनको कामले आफू यतिखेर अत्यन्त व्यस्त बनेकोले चाहेर पनि चलचित्र तथा मोडलिङ्गमा समय दिन नसकेको नायिका शाक्यले भनेकी छन्।
विशेषत नायिका शाक्यले डिजाइन गरेका विभिन्न आधुनिक तथा अत्याधुनिक फेसनको अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत र इजरायलवाट निक्कै माग हुन थालेको छ। यी मुलुकहरुमा नायिका शाक्यले डिजाइन गरेका फेसनको अनलाइन डिमाण्ड व्यापक भैरहेको छ।
यसले गर्दा दिनरात नभनिकन अनलाइन फेसन डिजाइनको कार्यमा हाल आफू अत्यन्त व्यस्त बनिरहेको प्रतिक्रिया उनले दिएकी छन्। स्वदेशी तथा विदेशीको अनलाइन अर्डर लिदैमा र तिनको सप्लाई गर्दैमा उनी व्यस्त बनिरहेकी छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २५ गते विहीवार ।