भारतको कानपुरमा रेल दुर्घटना, ९६ जनाको मृत्यु ,१०० भन्दा बढी यात्रु घाइते, रेल क्षतिग्रस्त

कानपुर । भारतकोउत्तर प्रदेशको कानपुरमा आइतबार बिहान पटना—इन्दौर एक्सप्रेसको रेल दुर्घटना हुंदा कम्तीमा ९६ जनाको मृत्यु छ। उक्त रेल इन्दौरबाट पटना गइरहेको थियो।
रेलवेका प्रवक्ता अनिल सक्सेनाले भन्नुभयो, “कानपुरको पुखरायां स्टेशनमा इन्दौर(पटना एक्सप्रेस १९३२१ को १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको छ”।
कानपुरका प्रहरी अधिकारीहरुले उक्त रेल पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन्।
उनीहरुका अनुसार, डिब्बाहरु काटेर त्यहां फसेका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ।
दुर्घटनामा १०० भन्दा बढी यात्रु घाइते भएको बताइएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
रेलमन्त्री सुरेश प्रभुले राहत र उद्धार कार्य जारी रहेको बताउनुभयो।
गृहमन्त्री राजनाथ सिंहले पनि घटनाप्रति दुस्ख व्यक्त गर्दै विपदका बेला खटिने सुरक्षा अंग एनडीआरएफको विशेष टोली दुर्घटनास्थल पठाउन आफूले निर्देशन दिएको बताउनुभयो।