पर्यटन प्रवर्द्धन गर्न सबै संरचनालाई प्रभावकारी बनाइने

काठमाडौँ । सरकारले पर्यटन प्रवर्द्धन लागि सूचना प्रणालीको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकीय गतिविधि प्रवद्र्धनका लागि मन्त्रालय र मातहत निकायबीच समन्वय गरी सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाइने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डमा पर्यटन पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री शाहीले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने आधार नै पर्यटन भएकाले यसका गतिविधिलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । “मन्त्रालय मातहत निकायमा पर्यटनसम्बन्धी सूचना वितरणमा समस्या भएको गुनासो बढेको छ, यसलाई तत्काल सुधार गरी पर्यटन प्रवद्र्धनको कार्यमा सबै निकाय जिम्मेवारपूर्वक लाग्ने वातावरण बनाउँछु,” उहाँले भन्नुभयो ।

मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको सुधार गरी विदेशी पर्यटक आकर्षण गर्न पूर्वाधार विकासलगायत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले मन्त्रालय र मातहत निकायको सूचना प्रणाली व्यवस्थापन र नियमित गर्न तत्कालै प्रवक्ताको बैठक राखी नियमित सूचना प्रदानको व्यवस्था गरिने बताउनुभयो । पर्यटनसँग सम्बन्धित विवरणलाई थप व्यवस्थित बनाएर लैजान सरोकारवाला निकायलाई गतिशील बनाइने उहाँको भनाइ थियो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पर्यटकीय गतिविधिलाई प्रभावकारी प्रवद्र्धनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले पर्यटन प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन बोर्डलाई गतिशील तुल्याइने बताउनुभयो ।