रुसी राष्ट्रपति पुटिन सन् २०१६ को सर्वाधिक शक्तिशाली व्यक्ति

maitrinews

 

अमेरिका । फोर्ब्स पत्रिकाले संसारका सबैभन्दा शक्तिशाली १० व्यक्तित्वको सूची सार्वजनिक गरेको छ । सूचीका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक शीर्ष स्थानमा रहनुभएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो स्थानमा पर्नुभएको छ । ।

फोर्ब्सको सूचीमा तेस्रो नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केला चौथो नम्बरमा चीनका राष्ट्रपति सी जिनपिङ, पाँचौँमा पोप फ्रान्सिस, छैटौँमा जेनेट एलेन, सातौँमा बिल गेट्स, आठौँमा ल्यारी पेज, नवौँमा नरेन्द्र मोदी र दसौँमा मार्क जुकरवर्ग पर्नुभएको छ ।