पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षमा निधन

काठमाडौं । पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।राजधानीको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको सल्लाहकार इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँ परिवारसहित बौद्धमा बस्दै आउनुभएको थियो ।
२०६२—०६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उहाँ त्यसयता भने निस्क्रिय रहनुभएको थियो । विष्ट उपल्लो मुस्ताङमा निकै लोकप्रिय हुनुहुन्थ्यो ।