मार्क्सवादी दर्शनको सान्दर्भिकताबारे गम्भीर विचारविमर्श हुँदै

काठमाडौँ । दार्शनिक कार्ल मार्क्स जन्मेको दुई सय वर्ष पुग्न लागेको अवसरमा आजदेखि राजधानीमा दुईदिने राष्ट्रिय भेला सुरु हुँदैछ । मार्क्सका विचारहरूको सान्दर्भिकता र नेपालको सन्दर्भमा यसको औचित्यबारे आउँदो दुई वर्षसम्म देशव्यापी बहस सञ्चालन गर्ने लगायतका उद्देश्यले भेला आयोजना गरिएको ‘कार्ल मार्क्स द्विशतवार्षिकी समारोह’ आयोजक समितिका संयोजक एवं एमाले नेता घनश्याम भुसालले जानकारी दिनुभएको छ ।

राष्ट्रिय नाचघरमा हुने उदघाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधव नेपाललगायत सबै कम्युनिस्ट पार्टीका प्रमुख नेताहरू सहभागी भएर विचार राख्दै हुनुहुन्छ । मंगलबार बबरमहलमा हुने छलफल सत्रमा ‘समाजवादको भविष्य’ शीर्षकमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की, ‘मार्क्सवादको योगदान’ मा प्रदीप ज्ञवाली, ‘द्वन्द्वात्मक भौतिकवाद’ बारे बेदुराम भुसाल, ‘आजको विश्व व्यवस्था’ मा डा। विजय पौडेल, ‘कम्युनिस्ट आन्दोलनमा एकता र विवाद’ मा मोहनविक्रम सिंह र ‘माक्र्सवाद र संस्कृति’ विषयमा आहुतीले प्रस्तुति दिनुहुनेछ । ।

सन् २०१८ मे ५ मा कार्ल माक्र्स जन्मेको दुई सय वर्ष पुग्दैछ । राष्ट्रिय भेलापछि त्यो अवधिसम्म गरिने कार्यक्रमहरू तय गरिनेछ ।