चौतारी साँझमा नेपाल र जापानका कलाकारको सुमधुर संगीतको प्रस्तुति

काठमाडौं । नेपाल र जापानका कलाकारले पस्किएका बिभिन्न बाँसुरी धुनमा दर्शक लठ्ठ पारेका छन् । जमलको नाचघर पेक्षालयमा आयोजित कार्यक्रममा एक घन्टा ४५ मिनेट बिभिन्न बाँसुरीको धुन प्रस्तुत भए । चौतारी व्याण्डका कलाकार पञ्च लामाले आफ्ना विविध बाँसुरी धुनबाट दर्शकलाई मन्त्र मुग्ध पारे, भने उनीसँगै श्रवण लामाले तबलामादल तथा जापानी कलाकार तेराकादो मित्सुगुले गीटारको धुनले दर्शक रिजाए ।
पञ्चले मनकामना धुनबाट सुरु भएको कार्यक्रम हिमालय सूर्यदयको धुन हुँदै जापानी धुन ‘टोकियो रात्रीकालिन धुन’ र ‘समुद्रको छाल धुन’सम्म सुनाए । कार्यक्रममा ए कान्छा‘र सिन्धुपाल्चोक‘लगायतका धुन गुन्जिदा दर्शकलाई छमछमी नाचे ।
कार्यक्रममा पञ्च, श्रवण र तेराकादोले १८ वटा धुनहरु प्रस्तुत गरे । उनीहरुले चर्चित नेपाली धुन रेसम फिरीरी‘प्रस्तुत गर्दा दर्शकले तालीले साथ दिएका थिए । यस्तै लोक झ्याउरे भाकाको धुन पस्कँदा पनि उनीहरुले दर्शकबाट निरन्तर ताली पाए । अत्यमा उनीहरुले ‘आकाश राजमार्ग’ शिर्षकको धुन सुनाए ।

उनीहरुले जापानी धनु प्रस्तुत गर्दा पछाडी पर्दामा प्रजेक्टरबाट देखाईएको जापानका सुन्दर दृष्य र नेपालका विभिन्न धुन प्रस्तुत गर्दा नेपालका विभिन्न स्थानका सुन्दर दृष्यले कार्यक्रमको आकर्षण बढायो ।
दुई दशक देखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धुन पस्कँदै गरेका कलाकारद्धय पञ्च लामा र श्रमण लामा आईतबार नाचघरको मञ्चमा विविध साँगीतिक धुन लिएर प्रस्तुत भएका हुन् । सांस्कृतिक सँस्थान ९राष्ट्रिय नाचघर०ले जापानमा चर्चित चौतारी व्याण्डका कलाकार पञ्च, श्रबण र जापानी कलाकार तेराकोदा मित्सुगुलाई नेपाल बोलाएर चौतारी साँझमा उतारेको हो ।