कोचिङ करियरबाट प्रशिक्षक भानगालको सन्यास

maitrinews

नेदरल्याण्ड । म्यानचेष्टर युनाइटेड तथा नेदरल्याण्डका पूर्व प्रशिक्षक लुइस भानगालले २६ वर्षे कोचिङ करियरबाट सन्यास लिएका छन् ।
६५ वर्षीय भानहाल नेदरल्याण्ड सरकारबाट लाइफ टाइम एभिचमेन्ट अवार्डबाट सम्मानित भएका थिए । टेलिग्राफका अनुसार उनले पारिवारिक कारणले कोचिङ करियरबाट सन्यास लिएको बताएका छन् ।
उनका ज्वाइँको अघिल्लो महिनामात्र असामयिक निधन भएको थियो ।
एफए कप जितेको केही घण्टापछि मे २०१६ मा युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि भानगाल कामबिहीन थिए । २६ वर्षे कोचिङ करियरमा उनी अयाक्स, बार्सिलोना, बार्यन म्युनिख र एजेडको समेत प्रशिक्षक बने ।