आर्यन र नम्रताको क्लासिक जोडी
काठमाडौ। नेपाली चलचित्रमा हिरो–हिरोइन वीचको दोस्ती त्यति दीर्घकालिन भएको पाइएको छैन्। नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देलको विषयमा भने अलि फरक देखिएको छ। नम्रता र आर्यनको जोडी अपवादको रुपमा लिइन थालेको छ।
यी दुई नायक–नायिका वीचको केमिष्ट्री मिलेको कारणले पनि यी दुईले अभिनय गरेका चलचित्र राम्रो भैरहेको पाइएको छ। यी दुईले अभिनय गरेको चलचित्र क्लासिक दुवैको अभिनयको दृष्टिकोणले दमदार भएको छ।
जुन चलचित्रको केही दिनअघि मात्र हंगकंगमा रिलिज पनि भयो। दुवै क्लासिक रिलिज गर्न हंगकंग पनि गयो। हंगकंगमा च्यारिटी गर्न पुगेका यी दुईको त्यहाँ मिटिङ्ग–सिटिङ्ग, कफी गफ, घुमघाम जस्ता अनौपचारिक कार्यवाट उनीहरु निक्कै खुशी भएको स्पष्ट भएको छ।
हंगकंगवाट नेपाल फर्किसकेका यो अपवादको जोडीले क्लासिक जस्तो अर्को चलचित्र एकसाथ खेल्ने भित्री सोच बनाइसकेको भएतापनि दुवैले प्रकाशमा ल्याएका भने छैन्।
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।