अनु शाहको सुन्दरताको रहस्य

Anu Shah 1काठमाडौ। नायिका अनु शाहलाई धेरै मेकअप मन पर्दैन । घरमा विनामेकअप बस्ने गरेको बताउने अनु फिल्ममा भने भूमिकाअनुसारको मेकअप गर्ने गर्छिन् । कुनैपनि चलचित्रको चरित्रमा डुबेर पहिल्यै तयारी गर्ने उनको बानी रहेको छ। नाच्न, अभिनयमा बच्चैदेखि रुचि भए पनि नक्कल पार्ने, लाली–पाउडर लगाउने काममा भने म अलि पछाडि नै रहेको उनको भनाई रहेको छ।

Anu Shah 4नक्कली भनेर कसैले जिस्क्याउने तथा बाउआमाले गाली गर्ने डरले पनि क्रिमपाउडर घसेर नक्कल पार्न सानैदेखि नजानेको खुलासा अनुले गरेकी छन्। यसो भएतापनि आँखामा गाजल भने बच्चैदेखि लगाउँथे भनेर उनले भनेकी छन्। अहिले पनि अरू मेकअप नगरेपनि गाजल छुटाउने नगरेको बताएकी छन्।

Anu Shah 3पार्टीमा जानुप¥यो भने अलि झकिझकाउ हुन मेकअप बानी भएको बताउने उनी अरुबेलामा सामान्य मेकअपमै हुनेगरेकी छन् । साडी लगाउँदा भने त्यहीअनुसारको मेकअप गर्नेगर्छिन्। आफ्नो सुन्दरताको हरदम ख्याल गर्ने भएकोले पनि ब्यागमा मेकअप किट’बोक्ने गरेकी भन्छिन्।

Anu Shah 2महिनामा कम्तिमा एकपटक ब्युटिपार्लर जाने गरेको उनले भनेकी छन्। पार्लर गएर हेयर स्टाइल चेन्ज गरिरहने उनको बानी नै रहिछन्। थ्रेडिङ गर्ने, फेसियल अनि हेयर कलरका लागि अक्सर पार्लर जानेगरेको भन्छिन्।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।