धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

maitrinews

 

उर्लाबारी (मोरङ), २६ माघ । मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

दिउँसो १२ः३० बजेतिर सिजुवा– ६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए ।

हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रङ्गेली अस्पतालमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिनुभयो ।

घटनालगत्तै श्रीमान्ले पनि विषादी सेवन गरेका थिए । उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।