काठमाडौ र पोखरापछि आज विहीबाटबाट चितवन पनि लोडसेडिङ मुक्त

चितवन । काठमाडौ र पोखरापछि आज विहीबाटबाट चितवन पनि लोडसेडिङ मुक्त भएको छ । पहाड र तराई जोड्ने चितवन जिल्ला आज विहीवारवाट पूर्णतया लोडसेडिङ्ग मुक्त भएको घोषणा गरिएको छ।

Chitwan District Map

प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला समेत मानिएको चितवनमा लोडसेडिङ्ग मुक्त भएयता दैनिक ३० मेगावाट विजुलीको आवश्यकता पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। हाल गर्मी शुरु भैनसकेको अवस्थामा दैनिक ३० मेगावाटले पुगेपनि गर्मी शुरुभएपछि अझ बढी विजुली खपत हुने प्राधिकरणको भनाई रहेको छ।

नेपाल विद्युत प्राधिकरण भरतपुर चितवनका प्रमुख रामदुलार यादवले देशलाई नै लोडसेडिङ्ग मुक्त गर्ने प्रधानमन्त्री दाहालको लक्ष्य अनुरुप चितवन लोडसेडिङ्ग मुक्त भएको प्रतिक्रिया दिएका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २७ गते विहीवार ।