मूर्ति चोरी

maitrinews

 

भक्तपुर, २८ माघ । सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ ।

करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका– १२ चितापोल देउजा गाउँका ३६ वर्षीय राम देउजाको शव सोही नगरपालिकाको नलिन्चोक जोरपाटीस्थित एउटा खेतमा भेटिएको पनि उहाँले बताउनुभयो ।