राप्रपामा ३ दर्जन कलाकारको प्रवेश
काठमाडौ। पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सोमबार ३ दर्जन नेपाली चलचित्रका कलाकारहरुले प्रवेश गरेका छन्। कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले टिका र माला लगाइदिएर कलाकारहरुलाई पार्टीमा प्रवेश गराएका थिए।
कार्यक्रममा राप्रपाका कोषाध्यक्ष एवम् चलचित्र निर्माता तथा हलमालिक उद्धव पौडेल, केन्द्रिय सदस्यद्धय रेखा थापा, कोमल वली लगायतको उपस्थिती रहेको थियो। अधिकांश कलाकारले हिन्दु राष्ट्र र राजतन्त्र, राप्रपाको मुल नारा भएकाले यसमा सहमति जनाउँदै पार्टीमा प्रवेश गरेको बताए।
पार्टी प्रवेश गर्नेहरुमा कलाकार रविन्द्र खड्का, चलचित्र निर्माता कृषा चौलागाइ, बरिष्ठ अभिनेता मदनदास श्रेष्ठ, रामचन्द्र अधिकारी, संझना वुढाथोकी, अयुव केसी, प्रदिप बाँस्तोला लगायतका छन् । करिब ३ दर्जन कलाकारले एकसाथ पार्टीमा प्रवेश गरेको राप्रपाले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।