त्रिभुवन विमानस्थलमा आज डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

maitrinews

काठमाडौँ । आज फेरि अवैघ डेढ किलो सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो सुनसहित दुबईमा जन्मिएका भारतीय मूलका नागरिक कश्यप कान्तिलाल पक्राउ परेका हुन् । बरामद सुनको बजार मूल्य ७१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
एअर अरेबियाको विमानबाट आज मध्यान्ह १२ बजे काठमाडौं उत्रेका कश्यपको साथबाट भन्सार अधिकारीहरुले त्यतिका धेरै सुन बरामद गरेका हुन् । उनले आधारआधा किलो तौलको दुईवटा सिक्री र आधा किलो तौलको सुनको बाला नै लगाएर आएका थिए । भन्सार स्रोतका अनुसार डेढ किलो सुन लगाएर आएका उनले अस्वभाविक गतिविधि देखाएका थिए । एक भन्सार अधिकारीले भने, ‘लगेजमा ल्याउँदा चेकजाँच हुने डरले यस्तो तरिका अपनाएको देखिन्छ ।’