मिस नेपालको मिठास हनिमून

Usha Khadgi 1

काठमाडौ । विवाह भएको १४ बर्षमा दुई सन्तानकी आमा बनिसकेकी पूर्वमिस नेपाल उषा खड्गीले विवाहकोे हनिमूनलाई अझै विर्सेकी छैनन्।

Usha Khadgi 1१४ बर्षअघि बैशाख महिनामा संचारउद्यमी जीपी तिमिल्सिनासँग अन्तरजातिय प्रेम विवाह गरेकी उषाको दुई महिना पश्चात असार महिनामा हनिमून भएको थियो। पोखरामा पाँच दिन हनिमून मनाएकी मिस नेपाल खड्गीलाई सपनाको दुनियाँमा पुगेको अनुभूति भएको भनेकी छन्।

Usha Khadgi 2

हनिमूनको लागि भारतको गोवा जाने तय भएतापनि समय नमिलेपछि पोखरा गएकी उनी जिन्स पाइन्ट, दुई हातमा दुर्ई दर्जन रातो चुरा अनि सिउँदोमा सिन्दूर झप्पक्कै लगाएर हिंड्ेको त्यो क्षणलाई अझै विर्सन नसकेको तथा विवाहको लगनमा नवजोडी देख्दा पुराना ती याद आउने उनले भनेकी छन्।

हनिमूनले एकले अर्कोलाई अझ नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने भएकोले यो अत्यन्त महत्वपूर्ण पल भएको उनको बुझाइ रहेको छ । थोरै लाज, थोरै डर तथा धेरै उत्सुकताका बीच रमाइलाकासाथ वितेको हनिमूनमा शारीरिक सम्बन्धको मिठास त बेग्लै हुने उनको तर्क रहेको छ ।

Usha Khadgi 3प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।