चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

 

काठमाडौँ । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा स्वान्सी सिटीमाथि ३(१ को जित हासिल गर्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । चेल्सीले १ खेल कम खेलेको छ । २६ खेलबाट चेल्सीको ६३ अंक भएको छ भने एक खेल बढी खेलेको सिटीको ५२ अंक छ ।
आफ्नो ३ सयौं प्रिमियर लिग खेलमा शेष फेब्रिगासले गोल गर्दै चेल्सीलाई अग्रता लिएका थिएका थिए । पहिलो हाफको अन्त्यतिर लारेन्टेको गोलमा स्वान्सीले खेलमा र्फकने प्रयास गरे पनि दोस्रो हाफमा चेल्सी हावी भयो ।
उसका लागि ७२औं मिनेटमा पेड्रो र ८४औं मिनेटमा डिएगो कोष्टाले गोल गरे ।