द्रव्य शाह बहुमुखी क्याम्पसमा बम विस्फोट

गोरखा । स्ववियु चुनाव आउन दुई दिन बाँकी हुँदा गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पस हाताभित्र बम बिफोष्ट भएको छ ।
गोरखा नगरपालिका—८ लक्ष्मीबजारमा रहेको क्याम्पसमा आज विहान करिब साढे ११ बजे ठूलो आवाजमा बिफोष्ट भएको हो ।
क्याम्पसको पूर्वपट्टि रहेको पुस्तकालय भवन नजिकै बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोट भएको स्थलमा सुतरी डोरी र केही बारुद भेटिएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो।

फागुन १६ गते ।