नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम मनोनयन

 

काठमाडौँ । नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिभ सिंह पुरीको नाम मनोनयन गरेको छ । भारत सरकारले आज परराष्ट्र मन्त्रालयलाई उहाँको नाम जानकारी गराएको हो । उहाँ हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत हुनुहुन्छ ।

नेपाल सरकारबाट अग्रिमो भएपछि पुरी नेपालका लागि भारतीय राजदूत हुनुहुनेछ । । आजैदेखि नेपालमा भारतीय राजदूत खाली भएको छ । दूतावासका उपप्रमुख विनय कुमारले कार्यवहाक राजदूतको जिम्मेवारी सम्हाल्नुभएको छ ।
नेपालका लागि भारतीय राजदूत रणजित रायको कार्यकाल मंगलबार सकिएको हो ।
फागुन १८ गते ।