सहमति जुटाउन नसकेपछि प्रचण्ड विना एजेन्डा चीन भ्रमणमा
काठमाडौँ । चीन जानुअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संविधान संशोधनका लागि मनाउन प्रधानमन्त्री प्रचण्डले गरेको प्रयास विफल भएको छ। सहमति जुटाउन नसकेपछि प्रचण्ड विना एजेन्डा चीन भ्रमणमा निस्कनुभएको छ ।
बिहीबार छुट्टाछुट्टै र संयुक्त रुपमा भएका बैठकहरुमा सीमांकन पछि गर्ने गरी संविधान संशोधनमा प्रस्ताव गरिएका अन्य विषयलाई पारित गर्न प्रधानमन्त्रीले अघि सारेको विकल्पमा अझै छलफल आवश्यक रहेको धारणा प्रमुख प्रतिपक्षी दलले राखेको नेताहरुले बताएका छन्।
सरकार र मोर्चाको कार्यदलले प्रधानमन्त्री फर्किंदासम्म सबै पक्षसँग छलफल गर्ने र प्रधानमन्त्री आएपछि टुंग्याउने सहमति भएको बताइएको छ।
संविधान संशोधन विधेयक संसद्मा दर्ता भएदेखि नै विधेयकलाई पारित गराउन सरकारका तर्फबाट प्रयास थालिएको थियो।
चैत ११ गते ।