मिनीट्रक दुर्घटनामा गाडीधनी र चालकको मृत्यु,दुइजना गम्भीर घाइते,अर्को दुर्घटनामा तीन भारतीय नागरिकको मृत्यु

नुवाकोट । नुवाकोटको पुर्वी भेगमा रहेको ककनीमा आज बिहान कुखुरा बोकेको मिनिट्रक दुर्घटना हुँदा गाडीधनी र चालकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम विदुरदेखि ३८ किलोमिटर दुरीमा रहेको पासाङल्हामु मार्गकोबीचमा रहेको ककनी गाँउपालिका वडा नं ४ हाकुले स्थिते त्रिशूली(काठमाडौ सडकखण्डमा कुखुरा बोकेको बा २ ख ४२५१ नं।को आइचर मिनिट्रक आइतबार बिहान पौने तीन बजे दुर्घटना हुुँदा गाडीधनी बेलकोटगढी नगरपालिका वडा नं। २ का २७ वर्षीय सुधन न्यौपाने र चालक सोही स्थानका २४ वर्षीय महेन्द्र पुडासैनीको मृत्यु भएको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिनुभयो ।
रातीको समयमा कुखुरा बोकेर काठमाडौ जाँदै गरेको सो गाडी आफै अनियन्त्रित भई सडकबाट दुई सय मिटर भीरमा खसेर दुर्घटना भएको भट्टराइले बताउनुभयो ।े मिनिट्रक दुर्घटनामा बेलकोटगढी नगरपालिका वडा नं। २ कुमरीका २५ वर्षीय राममणी न्यौपाने र सोही स्थानका २३ वर्षीय श्रीकृष्ण न्यौपाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाडीमा चालक सहित चार जना सवार थिए । दुर्घटनामा उक्त गाडीमा रहेको दुई लाख रुपैया बराबरको कुखुरा मरेर नष्ट भएको छ भने गाडी पनि पुर्ण रुपमा क्षति भएको नुवाकोट प्रहरीले जनाएको छ । घटनालगत्तै स्थानीयवासी र प्रहरी घाइतेको उद्धार गरेका थिए ।
उता चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह र सोही स्थान बस्ने वर्ष ४५ को सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
सोही कारमा रहेको भारत सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चैत २७ गते ।