एनआईसी एशिया बैंकका २ नयाँ शाखा उदघाटन

काठमाडौं । एन आई सी एशिया बैंकको विभिन्न २ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ विधिवत् समुद्घाटन सम्पन्न भयो । ती शाखाहरु मध्ये बुधबारे झापा स्थित ८३ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलले संयुक्त रुपमा, तथा झुम्का सुनसरी स्थित ८७ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
चैत २९ गते ।