कमलरी नेतृ चौधरीको रहस्यमय मृत्यु

बर्दिया । कमलरी विकास मन्चकी अध्यक्षको रहस्यमय तरिकाले मृत्यु भएको छ । ‘घटनास्थल हेर्दा नेतृले आत्महत्या गरेको देखिन्छ’
बबई नगरपालिका—१० बस्ने २० वर्षीय सृजना चौधरीको रहस्यमय तरिकाले मृत्यु भएको हो । गुलरियास्थित मुक्त कमलरी मञ्चको कार्यालयको कोठाको पंखामा झुन्डिएकोे अवस्थामा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी भरत बोहराले बताए ।
‘घटनास्थल हेर्दा नेतृले आत्महत्या गरेको देखिन्छ’ उनले भने, ‘तर,वास्तविक के हो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’
चैत ३१ गते ।