एसइई दिएका परीक्षार्थीहरुलाई चन्द्रागिरिमा विशेष छुट कायमै

चन्द्रागिरि । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ (रु. ३००) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही वैशाख मसान्तसम्मका लागि थप गरेको छ ।
यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ भने यो छुट सुविधा लिने परीक्षार्थीहरुले अन्य छुट पाउनुहुनेछैन ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

वैशाख ४ गते ।