मातातीर्थ औंसीमा चन्द्रागिरिमा आमाहरुलाई विशेष छुट
काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले मातातीर्थ औंसीको अवसरमा यहीं वैशाख १३ गते बुधबार सम्पूर्ण आमाहरुलाई पचास प्रतिशत छुटमा टिकट उपलब्ध गराउनेछ । यो छुट व्यवस्था सम्पूर्ण आमाहरुको सम्मानमा गर्न लागिएको हो । छुट अन्तर्गतको
टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ भने यो छुट सुविधा लिनेहरुले अन्य छुट पाउनुहुने छैन ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।
वैशाख १२ गते ।