बलिउड नायक अख्तरले गरे भवानीसँग सम्बन्ध विच्छेद
मुम्बई । बलिउड नायक फरहान अख्तर र अधुना भवानीले औपचारिक रुपमा सम्बन्ध विच्छेद डिभोर्स गरेका छन् । उनीहरुको बन्द्राको अदालतमा पारपाचुके भएको हो ।
गत वर्षको अक्टुबरमा उनीहरुले औपचारिक रुपमा छुट्टिनका लागि निवेदन दिएका थिए ।
उनीहरुलाई ६ महिनाको अन्तरिम समय दिए पनि उनीहरुबीच कुनै सम्बन्ध बन्न सकेन ।
फरहान र अधुनाका वकिलले दुवै औपचारिक रुपमा अलग भएको बताएका हुन् ।
पटकपटकको मिलनको प्रयास असफल भएसंगै १६ वर्षको उनीहरुको वैवाहिक जीवन टुंगिएको हो ।
दुई बच्चा भने अधुनालाई दिने पनि निर्णय भएको छ । पछि फरहान तयार भएपछि बच्चाहरु लैजान सक्नेछन् ।
वैशाख १३ गते ।