मध्य भोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक शेयर निष्कासनको सम्झौता

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमीक शेयर निष्कासन गर्ने भएको छ । यस सम्वनधी सम्झौतापत्रका सरोकारवाला निकायवीच सम्झौता समेत सम्पन्न भैसकेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापीटल लिमिटेड (निष्काशन तथा विक्री प्रवन्धक) तथा प्रभु क्यापिटल लि., सिभिल क्यापिटल मार्केट लि., एस क्यापिटल लि., सि.बि.आई.एल क्यापिटल लि., सानिमा क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. (सह निष्काशन तथा विक्री प्रवन्धक) ले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौता भएको हो । कुल दुई करोड चौरानव्बे लाख कित्ता साधाराण शेयरमध्ये प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि एक करोड सत्र लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि एककाईस लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाखकित्ता शेयर तथा दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि साठ्ठी लाख कित्ता शेयर तथा तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका नव्बे लाखकित्ता शेयरहरु निष्काशन तथा बिक्री प्रबन्ध गर्नको लागि सम्झौता भएको हो ।