जापानी रेस्टुरेन्टमा बाँदर वेटर
जापानको एउटा रेस्टुरेन्टमा मानिसले जस्तै वेटरको काम बाँदरले गर्ने गर्छन् । राजधानी टोकियोस्थित काबुकी रेस्टुरेन्टमा यो दृश्य देख्न पाइन्छ । त्यहाँ बाँदर वेटरले ग्राहक लागि मन पर्ने थाल राखिदिनेदेखि खानासमेत पस्केर टक्र्याउने गछ्र्रन् । धेरै वर्षदेखि बाँदर वेटरले त्यहाँ ग्राहकले भने अनुसारको सेवा पुर्याउँदै आएका छन् जसले गर्दा त्यहाँ ग्राहकाको सधैँ भीडभाड भइरहन्छ । बाँदरले आम मानिसलेजस्तै सेवा दिन थालेपछि रेस्टुरेन्टले मानिसको जस्तै मास्कको सुविधा दिएको छ जसले गर्दा मानिससँग सहजै घुलमिल हुने वातावरण बनेको छ । त्यो रेक्टुरेन्टमा १० वटा बाँदरले वेटरको रुपमा काम गछन् ।