युभेन्टससँग फाइनलमा रियल मड्रिड भिड्ने

काठमाडौँ । रियल मड्रिड दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । तर, समग्रमा जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले रियललाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले १२ औं मिनेटमा नै निगुइजको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ४२ औं मिनेटमा रियल मड्रिडका इस्कोले गोल गरेपछि पहिलो हाफ २–१ मा सकियो ।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । र, मड्रिड डर्बीमा एथ्लेटिकोले २–१ को जित हात पार्‍यो ।

तर, पहिलो लेगमा ३–० को जित निकालेको रियल मड्रिड समग्रमा ४–२ गोल अन्तरले विजयी भएको छ र भिडन्त पक्का गरेको छ ।

वैशाख २८ गते ।