प्रेमीका लागि जापानी राजकुमारीले त्यागिन् शाही हैसियत

maitrinews

 

टोकियो । जापानी राजकुमारी माकोले सर्वसाधारणलाई विवाह गरेर शाही हैसियत त्याग गर्ने भएकी छन्।
सम्राट अकिहितोकी २५ वर्षीया जेठी नातिनीले सँगै अध्ययन गर्दा ताका भेटेकी २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्ने भएकी हुन्। हाल कोमुरो एक ल फर्ममा काम गर्छन्।

जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्छ।
स्थानीय सञ्चारमाध्यमले पहिले खबर दिएको उक्त कदमले सानो बन्दै गएको त्यहाँको राजपरिवारबारे बहस हुने बताइन्छ।
राजकुमारी माको र केइ कोमुरोको भेट सन् २०१२ ताका उनीहरुले टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटिमा पढ्दाताका भएको थियो।
विवाह योजनाबारे सोध्दा बुधबार कोमुरोले अहिले त्यसबारे आफूले टिप्पणी गर्न नमिल्ने बताए। म सही समयमा बोल्नेछु,उनले भने।
जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले सीएनएनसँग राजकुमारीको बिहेपूर्व इन्गेजमेन्टको तयारीबारे योजना भइरहेको बताएको छ।