म्यानचेष्टर विस्फोट: सूचना चुहिएकोमा ब्रिटेन आक्रोशित
लण्डन । ब्रिटेनको प्रहरीले अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले म्यानचेष्टरमा भएको बम हमला स्थलका तस्वीर र सूचना प्रकाशन गरेकोमा भर्त्सना गरेको छ।
ब्रिटिश अधिकारीहरुले उक्त सूचना चुहाइनुले प्रहरीको अनुसन्धानलाई असर पारेको र आफ्नो देशसँगको अमेरिकी गुप्तचर निकायको साझेदारीमा विश्वासको संकट उत्पन्न भएको बताएका छन्।
उक्त तस्वीरमा रगतको टाटा बसेका बमका टुक्रा, ब्याट्री, काँटीहरु र विस्फोट गराउन प्रयोग गरिने एउटा सम्भावित उपकरण देखिन्छ।
द न्यूयोर्क टाइम्सले प्राप्त तस्वीरहरुले सो बम तुलनात्मक रुपमा आधुनिक भएको संकेत गरेको टिप्पणी गरेको छ।