डा. पोखरेलव्दारा विश्व पुनर्निर्माण सम्मेलनलाई सम्बोधन

maitrinews

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले विश्व पुनर्निर्माण सम्मेलनलाई सम्बोधन गरेका छन् । ब्रसेल्समा सुरु भएको सम्मेलनमा ‘नेपालमा भूकम्पपछिको पुनस्र्थापनाका प्रारम्भिक शिक्षा’ शीर्षकमा सम्बोधन गरेका हुन् । ।
विश्व बैंकको विपत्ति न्यूनीकरण तथा पुनस्र्थापनाका लागि विश्व संयन्त्र, युरोपेली युनियन, संयुक्त राष्टसंघीय विकास कार्यक्रम एवं अफ्रिकी, क्यारेवियन तथा प्रशान्त राष्ट्रहरुको समूहद्धारा संयुक्त रुपमा आयोजित सम्मेलनको मूल उद्देश्य विपत्तिपछिको पुनस्र्थापनामार्फत् बलियो संरचना निर्माणलाई प्रबद्र्धन गर्नु हो ।
आफ्नो सम्बोधनमा डा. पोखरेलले २०७२ बैशाखको भूकम्पपछिका दुई वर्षमा उद्दार तथा पुनस्र्थापनाका क्रममा भएका सकारात्मक प्रयास तथा कमीकमजोरीहरुलाई उजागर गरेका छन् । साथै, उनले दीगो र बलियो पुनस्र्थापनाका आवश्यकताहरुलाई पनि उल्लेख गरेका छन् ।
सम्मेलनलाई सम्वोधन गर्दै उहाँले तयारी, उद्दार तथा पुनस्र्थापनाका लागि राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीको आवश्यकतामा जोड दिएका छन् । उनले जीवन्त नागरिक समाज, बिकास साझेदार संस्था, सरकारी संयन्त्र, विभिन्न सरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था र निजी क्षेत्रबीचको सहकार्य र समन्वयमा जोड दिंदै उनीहरुलाई तयारी योजना तथा पुनस्र्थापनाको कार्यक्रममा अझै प्रभावकारी रुपले संलग्न गराउनुपर्नेमा जोड दिए । उनले सबैभन्दा जोखिममा रहेका, विपन्न, अपङ्गता भएका, एकल महिला, जेष्ठ नागरिक, दलित तथा कमजोर वर्गलाई सहयोग गर्ने प्रतिबद्धतामा दृढ रहेको बताउँदै त्यसतर्फ थुप्रै राम्रा प्रयासहरु गरिएको अन्तराष्ट्रिय समुदायलाई जानकारी गराए । उनले नेपालको पुनर्निर्माणका विभिन्न ६ सेक्टरमा अझैपनि ३ खर्ब बढी रकम अपुग हुने देखिएकाले बिकास साझेदार संस्थाले यो अभियानलाई पुर्णता दिन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।
हाल निजी आवास निर्माणमा बढी ध्यान दिनु परिरहेको भए पनि खासगरी गरीब तथा विपन्न क्षेत्रका महिलाहरुले धानिरहेका घरधुरीलाई जीविकोपार्जन, रोजगारी सिर्जना आदिमा सहयोग गर्ने विषयमा पहल गरिरहेको बताए ।